AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दश जनाले उम्मेदवारी दर्ता गरे विराटनगरको मेयरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७९, सोमबार २०:११
1.62k
Shares
विराटनगर / वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर १० जनाले मनोनयन दर्ता गराएका हन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालका अनुसार मेयरमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट पल्लाह साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृतुञ्जय मिश्र, नेपाली काङ्ग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्वतन्त्र तर्फबाट जसपा छाडेका उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय जारी रहेका कारण उम्मेदवार अझै बढ्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर