खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाको प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्की उम्मेदवार बन्ने प्राय निश्चित रहेको पार्टी निकट स्रोतको दाबी छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
मोरङको मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार बनेका छन् भने उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मीना पौडेल उम्मेदवार बनेका छन् ।
रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा बिष्टलाई बनाईएको छ भने उपप्रमुखमा दयन्ता चुँडाललाई नै उम्मेदवार बनाईएको छ ।
सुनवर्षी नगरपालिकाको श्याम राजवंशी र मिरा दास क्रमश प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका छन् भने पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्लाई उम्मेदवार बनाईएको छ ।
एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाईएको छ ।
यस्तै लेटाङको प्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट पाए भने केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षको उम्मेदवार मनमाया मगर रहेका छन् ।
सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाँई र उपप्रमुखमा अकली चौधरी उम्मेदवार बनाएको एमालेले ग्रामथानमा शिवनारायण माझी र गुणावती धामीलाई नै दोहोर्याएको छ ।
बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवंर बिष्ट उम्मेदवार बने भने कटहरीमा सुवास सरदार र सीता राजवंशी क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
यस्तै जहदा गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै महिला उम्मेदवार बनेका छन् । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार बनेका हुन् ।
धनपालथानमा मुसहरु मण्डल र उपासीदेवी राजवंशीलाई उम्मेदवार बनाएको एमालेले रंगेलीको प्रमुखमा दिलिप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उम्मेदवार बनाएको छ ।
यस्तै बेलबारी नगरपालिकाको प्रमुखमा डीपी राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक चयन हुन बाँकी रहेको छ भने उपप्रमुखमा गंगा श्रेष्ठ उम्मेदवार बनेकी छिन् ।