AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७९, आईतवार १९:२८
369
Shares
विराटनगर / नेपाली कांग्रेस प्रदेश १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन् ।

प्रदेश कार्यसम्पादन समितिको आज बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाई कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।

प्रदेश समितिका निर्वाचित सदस्यहरुमध्येबाट एक जना कोषाध्यक्ष मनोनित गर्ने विधानमा व्यवस्था छ । विसं २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका विराटनगर १५ निवासी गुप्ता प्रजातन्त्र सेनानी स्वर्गिय रघुनाथप्रसाद गुप्ताका छोरा हुन् । नेपाल हक्की संघ मोरङका अध्यक्ष समेत रहेका गुप्ता विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर