पूर्वाञ्चल खबर
एसियन थाईफुट्स प्रालि विराटनगरद्वारा उत्पादन रमपम चाउचाउ, इम्ली बम, गुडलाईफ विस्कुट र जुस खरिद गर्दा उपहार दिने गरेको एसियन थाईफुट्स प्रालिका मार्केटिङ मनेजर बसन्त श्रेष्ठले जानकारी दिए । एसियन थाईफुट्सका कुनै पनि सामान खरिद गर्दा चिठ्ठाको माध्यमबाट उपहार दिने गरेको श्रेष्ठले बताए ।
एसियन थाईफुट्सले एक्पोमा दुईवटा स्टर राखेको छ । एयटा भित्र एसि डिलक्समा र अर्को बाहिर खुल्ला मैदानमा छ । एसियन थाईफुट्स चैत्र १९ गते ‘टु पिएम हट एण्ड स्पाइसी’ समेत लन्च गरेको थियो । ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च गरेको अवसरमा एक्पो अवधिभर टिकटक प्रतियोगिता पनि आयोजना गरेको गरेको छ ।
टिकटक प्रतियोगिमा प्रथम हुनेलाई १५ हजार १ सय, दोस्रो हुनेलाई १० हजार १ सय र तेस्रो हुनेलाई ५ हजार १ सय नगद सहित पुरकृत गरिने मेनेजर श्रेष्ठले बताए । ५० रुपैयाँमा बजारमा पाउँने १ सय ग्रामको अरु चाउचाउ भन्दा ५० रुपैयाँमा नै १ सय २० ग्राम पाउँने कम्पनीको दावी रहेको छ ।