AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्पोमा राष्ट्रियस्तरका कलाकारहरूबाट दैनिक मनोरञ्जन दिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७८, शनिबार ०८:२२
369
Shares
भारतबाट आएका कलाकारले एक्पोमा नृत्य प्रस्तुत गर्दै । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर/ विराटनगर– २ शंकरपुर मार्गमा जारी विराट ट्रेडले गएका ग्राहकहरूले दैनिक जसो राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन दिने छ ।

नेपालका कमेडियन लोकमणी त्रिताल एक्पोमा प्रस्तुति दिँदै

मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक मोरङ व्यापार संघले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन दिने भएको हो । दर्शक स्रोताको ढुकढुकमी बस्न सफल भएका कलाकार एक्स्पोमा ल्याएपछि ग्राहकहरूले सामान मात्र खरिद गरेर जादैनन मनोञ्जन समेत लिएर जाने गरेका छन् ।

एक्स्पो उद्घाटन भएको दिन शुक्रबार चर्चित कमेडियन लोकमणी त्रिताल,गायिका एलिना चेग्मी, भुवाइस अफ टेलेन्टका प्रतियोगि गायक कर्ण गिरी तथा भारतबाट आएका कलाकारशरुले नृत्य प्रस्तुत गरेर मेलामा अएका सामान खरिद गर्न आएका ग्राहकलाई मनोरञ्जन परुान गरेका थिए ।

सांगीतिक धमकाको प्रारम्भ भएको कार्यक्रममा अहिलेको यूवा पुस्ताको रोजाइमा परेका गायक÷गायिकाहरूले आफ्नो प्रस्तुती दिइने छन् । दोस्रो दिन आज गायक राजनराज सिवाकोटी र गायिका टिका प्रसाईले आफ्नो लोकप्रिय प्रस्तुती दिएर माहोल तताउँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर