AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७८, बिहीबार १६:२३
288
Shares
विराटनगर / घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू मैदानमा आज भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । नेपालको इतिहासमा टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने पहिलो नेपाली बलर बने ।

सन २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी–२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नेपालली बलरले उत्कृष्ट प्रदर्शन गर्दा २०४ रनको लक्ष्य पछ्याएको पीएनजी पिएनजी १९ दशमलव ४ बलमा अलआउट हुँदै १६६ रनमात्र बनाउन सक्यो ।

पीएनजीका लागि चाल्र्स अमिनीले ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिँदा टोनी उराले ४३ रन जोडे भने सेसे बाउ २५ रन र नोर्मान भनुआ १७ रनमा आउट भए ।

नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए । उनले अन्तिम ओभरमा ह्याट्रिक गरे । सोमपाल कामी र अविनाश बोहोराले २–२ विकेट तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

करणले यही खेलमा अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट पूरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट लिने दोस्रो नेपाली बलर हन् । यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दा सात विकेटको क्षतिमा २०३ रनको विशाल स्कोर बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यसैगरी रोहित पौडेले २३ बलमा ४१ रन जोड्दा आशिफ शेखले २९ बलमा ३८ रन बनाए । यस्तै, आजैमात्र राष्ट्रिय टिमबाट डेब्यु गरेका युवा अलराउन्डर आदिल अन्सारीले ११ बलमा ३१ रन जोडेका थिए भने कुशल भुर्तेलले १७ रन जोडे । आदिललाई नेपाली टोलीका पूर्व क्रिकेटर दीपेन्द्र चौधरीले डेब्यू क्याप दिएका थिए । आदिललाई कुशल मल्लको स्थानमा मौका दिइएको हो ।

पिएनजीका कवुवा मोरेयाले ३ विकेट, रिले हेकुरेले २ विकेट तथा नोरमान भानु र नोसईना पोकनाले १–१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर