AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुसम क्याम्पसले नवआगन्तुक विद्यार्थीलाई लक्षितगरि स्वागत तथा अभिमुखिकरण कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७८, आईतवार १८:३६
477
Shares
विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल विश्वजिद्यालय स्कूल अफ मेनेजमेन्ट(पुसम) ले नवआगन्तुक विद्यार्थीलाई लक्षितगरि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको सो आंगिक क्याम्पसले २५ औं ब्याचका विद्यार्थी लक्षितगरि अभिमुखिकरण सम्पन्न गरेको हो । तीनपैनीस्थित क्याम्पस परिसरमा आज (आइतबार) आयोजित कार्यक्रमकाबीच क्याम्पसका पूर्व तथा वर्तमान प्राध्यापकहरुले विद्यार्थीहरुलाई अध्ययन जीवनको लक्ष्य निर्धारण गर्न सघाउ पुग्ने उत्प्रेरक मार्गदर्शन गरेका थिए ।

चालु शैक्षिक सत्रको बिबिए कार्यक्रममा सो कलेजमा १ सय ३८ जना विद्यार्थी भर्ना हुन आएको कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रशान्तकुमार लालले जानकारी दिए ।

२०५४ सालमा स्थापना भएको ब्यवस्थापन क्याम्पसमा पछिल्लो पटक भर्ना हुन आएका विद्यार्थी २५ औं ब्याचका विद्यार्थी हुन । यो क्याम्पस नेपालमैं पहिलोपटक विविए संकायको अध्यापन शुरु गर्ने पहिलो क्याम्पसकोरुपमा रहेका .डा. उत्तमकुमार रेग्मीले बताए ।

सो अवसरमा बोल्दै पियुका डीन प्रा.डा. विजुकुमार थपलियाले पहिलो दुई बर्षको मिहनेतले नै विद्यार्थीहरुको कैरियरको जग बसाउने भएकाले पहिलो दिनदेखिनै अध्ययनमा केन्द्रीत हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा प्रा.डा. प्रेमराज पन्त, पूर्व डीन माधवप्रसाद कोइराला, प्रा.डा. मीनराज ढकाल, एमफिल पिएचडीका डाईरेक्टर डा.उत्तमकुमार रेग्मी, सह–डीन शोनिला शाक्य प्राध्यापक संघका केन्द्रीय सभापति डा. सन्देशदास श्रेष्ठ र प्राध्यापक दिनेशराज सुवेदीलगायतले आगन्तुक विद्यार्थीलाई भविष्यमा उपयोगि हुने उत्प्रेरक मागर्दशन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर