पूर्वाञ्चल खबर
कानपुरले आज विराटनगरस्थित जुटमिलको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा भारतकै सन्नी क्रिकेट क्बल कटियारलाई १ सय १३ रनको फराकिलो रन अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
कानपुरले मंगलबार हुने फाइनल खेलमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।
मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनाको आयोजनामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रनको विशाल स्कोर बनाएको थियो । कानपुरकालासग हर्सित सिंह र राहुल सिंहले अर्धशतक पारि खेलेका थिए ।
हर्सितले २८ बलमा ७ छक्का र ४ चौका प्रहार गर्दै ७० रनमा अविजित रहे भने राहुलले २३ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ५१ रनमा आउट भए । त्यस्तै आकाश गौरले ३३ रन बनाउँदा अनन्त नन्दन वासले २० रा, सद्धाव अक्तरले १६ रन र कप्तान रवि राँयले ११ रन बनाएर आउट भए । रविले नेपाली लिजेन्ट शक्ति गौचनको टिम स्टार क्रिकेट क्लब भैरवाविरुद्ध भएको खेलमा १ सय १८ रनको कप्तानी पारि खेलेका थिए ।

जवाफमा २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको कटियारले कानपुरको घाटक वलिङसामु निरिह हुँदै १४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो । कटियारका खालिद आलमले २२ रन बनाउँदा मयँक पमनानीले २१ रन र कप्तान अंकित सिंह १५ रनमा आउट भए ।
कानपुरका राहुल सिंहले ४ विकेट लिए । उनले ४ ओभर वलिङ गर्दै २६ रन दिए । राहुलबाहेक कानपुरका अन्नत नन्दन वासले २ विकेट र दिपान्सु सिंहले १ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याच कानपुरका अलराउण्डर खेलाडि राहुल सिंह घोषित भए ।