AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पोमा २२ करोडको कारोबार(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७३, आईतवार २१:०९
3
Shares
विराटनगर, १५ फागुन /उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी विराट एक्स्पो–२०७३ मा २२ करोडभन्दा बढीको कारोबार भएको छ ।
IMG_4514  एक्स्पोको सुरुवातमा त्यति उत्साहित नदेखिएपनि २ दिनयता मेलामा आउने अवलोकनकर्ताको भीड बढेको छ । आजसम्ममा १ लाख ७५ हजार बढीले मेलाको अवलोकन गरिसकेको मेला आयोजक समितिका संयोजक तथा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।
IMG_4518मेलामा राखिएका कृषि औजार तथा विऊ विजनमा आकर्षण रहेको उपाध्यायले बताए । यस्तै ५ वटाबढी टोयटा, ५ वटा सामे ट्याक्टरसहित अन्य गाडीहरुको विक्री पनि भएको उपाध्यायले बताए ।
IMG_4339रोजगार मेलामा रोजगारी खोजीका लागि आउने युवाहरुको भीड छ’, उपाध्यायले भने, ‘हेली सिटी र माउन्टेन फ्लाइटमा पनि आकर्षण छ ।’ यस्तै मेलामा राखिएको चौंरी गाई हेर्नेको भीड छ । खाद्य वस्तुको विक्री पनि बढेको छ । कृषिसँग सम्बन्धीत औद्योगिक उत्पादन चिया, छुर्पीलगायतका वस्तुको पनि विक्री भएको उनले बताए ।
IMG_4524 IMG_4534 IMG_4527अहिलेसम्मको कारोबार हेर्दा अनुमान भन्दा बढी कारोबार भएको उपाध्यायले जानकारी दिए । महोत्सवमा ३० देखि ३२ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको थियो ।तस्वीरहरु -पुष्पराज थपलिया/ खबरपूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर