पूर्वाञ्चल खबर
जनता समाज पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिक विराटनगर उप महानगरपालीकाका उप मेयर बनेका भुराज राईले बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागी मेयर पदको लागी उम्मेदवारी दिने बताएका हुन् ।
वि.स २०३५ सालदेखि विद्यार्थी जिवनबाट नै राजनितीक क्षेत्रमा होमिएका राई महेन्द्र मोरङ क्यम्पस स्ववियु सभापती, त्यसैगरी स्नाकोत्तर सभापती भईसकेका राईले तत्कालिन नेकपा एमाले आसोक राईको पार्टीसंग आवद्ध थिए । पछि पार्टी विभाजित भएपछि असोक राईसँगैको पार्टी जनता समाजवादीमा रहदै आएका छन् । मेयर पदको लागी पार्टीले टिकट देला त ? भन्ने प्रश्नमा उनले भने, ‘पार्टीले मेरो मुल्याङकन गरेर नै टिकट दिन्छ भन्ने कुरा अहिले चलिरहेको छ । विगतका मेरा काम र पार्टीले दिएको जिम्मेवारीलाई पनि मैले तन मनबाट लागी परेकाले टिकटको पुर्ण रुपमा आफुलाई नै दिने विस्वस्त छु ।’
आफ्नो पालामा विराटनगरको विकासको लागी गुरु योजना बनाएर दिर्घकालिन काम गरेको समेत बताए । तत्कालिन विराटनगरको सडक विस्तार, फोहोर व्यावस्थन र ढल निकासको लागी ठुलो काम भएको समेत बताए । अबको मेयर पदको लागी उठ्नको लागी विराटनगर महानगरपालीकामा शिक्षा, स्वास्थ्य, खानेपानीलाई विशेष प्राथमितकतामा राखेर काम गर्ने उनले योजना रहेको सुनाए ।