AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा जेठ ९ देखि मिल्स गोल्डकप हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०८३, बुधबार १७:०४
3
Shares
विराटनगर / विराटनगर जुटमिलको खेलमैदानमा छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीबारे आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। मिल्स एरियाको फुटबल खेल र खेलाडीहरूको इतिहासलाई जगेर्ना गर्ने उद्देश्यसहित अग्रज पूर्व खेलाडीहरूको नेतृत्वमा वि।सं। २०७२ सालमा क्लब स्थापना गरिएको आयोजकले जनाएको छ।

क्लबले २०७७ सालदेखि निरन्तर रूपमा कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ। प्रतियोगिताको कुल अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ। प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मिल्स गोल्डकपका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए। त्यसैगरी, विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई मेडलसहित ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको संयोजकमा अमृत गुरुङ रहेका छन्।

उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर