RUMPUM
animated ellipse animated ellipse

बुढानिकण्ठ स्कूल ३४ औं बर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७३, आईतवार १६:४४
144
Shares
विराटनगर, १५ फागुन / विराटगर–३ शंकरपूरमा रहेको बुढानिलकण्ठ सेकेन्डरी इङेग्लीस बोर्डिङ स्कूलले ३४ औं बार्षिक उत्सव कार्यक्रम भब्य रुपमा मनाएको छ ।
स्कूलले विराटनगर–१० मा रहेको सभागृहमा आयोजित बार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
वर्षिक उत्सवको अवसर पारेर स्कूलमा लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षक अजय राजवंशी,गणेश गौतम, कमला बास्तोला, पंकज जैन र रमा खतिवडा तथा कर्मचारी लक्ष्मि राई र अरुणा नेपाललाई सम्मान गरिएको थियो ।
स्कूलका अध्यक्ष खगेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न बार्षिक उत्सवका प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष बासुदेव न्यौपाने, हिसान मोरङका अध्यक्ष बलराम पन्त, समाजसेवी मिना जोशी, डिग्री कलेजका क्याम्पस प्रमुख डा. मनोज राउत, अभिभावक प्रा.डा.देवेन्द्र अधिकारी, स्कूलका प्रिन्सिपल मणीराज भट्टराई र स्कूलका निर्देशक बुद्धिबहादुर प्रधानलगायतले बोलेका थिए ।
बार्षिक उत्सवको अवसरमा स्कूलमा उत्कृष्ट भएका विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा अब्बल हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर