AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नवौं संस्करणको एमपिएल क्रिकेटको उपाधि जित्दै प्रिमियर–११ ले गर्यो ह्याट्रिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७८, शनिबार १९:३६
693
Shares
पुष्पराज थपलिया
विराटनगर / प्रिमियर–११ नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता उपाधि हात पारेको छ । प्रिमियरले लगातार ३ संस्करण जित्दै ह्याट्रिक गरेको छ । सर्वाधिक ४ पटकको विजेता हुलासको रेकर्ड बराबरी समेत गरेको छ ।

नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा आज भएको फाइनल खेलमा हुलास–११ लाई पराजित गर्दै प्रिमियरले उपाधि रक्षा गरेको हो । प्रिमियरले खेल जित्न २ रन रनको अवस्थामा समान्य विवाद भएपछि हुलास–११ ले खेल खैल्न अस्वीकार गरे पछि म्याच रेफि मांगिलाल शर्माले प्रिमियरलाई विजयी घोषणा गरे ।
जवाफमा ८६ रनको सामान्य लक्ष्य पाएको लिगमा अपराजित प्रिमियरले ८ दशमलव ३ बलमा ३ विकेटको नोक्सनी मा ५४ रन बनाएपछि खेलमा विवाद भएको थियो । त्यस पछि खेल नभए पछि खेल प्रिमियरले जितेको हो । प्रिमियरका लागि म्यान अफ द फाइनल हरिया बाहेतीले अविजित ५५ रन बनाउँदा अमित अटलले ११ रन बनाए । हmुासका विवेक दुगड, शुभम लुनिया र मनिष कोठारीले १–१ विकेट लिए ।
यस अघि टस हारेकोे हुलास–११ निर्धारित १२ ओभरमा ७ विकेट गुमाई ८५ रन बनायो । हुलासका दर्शन दुगडले ३५ रन बनाउँदा अरिन्त वैधले १३ रन र अरियन्त दुगडले अविजित १० रनको योगदान दिए प्रिमियरका गौरव राठीले ४ विकेट लिँदा मोहित अटल र वेदान्त जाजुले १–१ विकेट दिए ।
प्रतियोगितको उत्कृष्ट खेलाडी म्याजिकका अनिष अग्रवाल घोषित भए । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान प्रिमियरका अमित अटल हसँदा उत्कृष्ट बलरप्रिमियरकै वेदान्त जाजु भए । ओरेन्ज क्याप प्रिमियरका अनिल अटल तथा पर्पल क्याप प्रिमियरका वेदान्त जाजु भए । त्यसैगरि फेयर प्ले अवार्ड सिएसवि–११ले हात पार्दा उदयमान खेलाडी पर्शुरामका कसलदिप गौर भए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमसख अतिथि पूर्व राज्य मन्त्री मोती दुगड, नेपाल अग्रवाल सभाका अध्यक्ष विशाल केडिया, महेश्वरी सभाका अध्यक्ष आन्न्द मारु, जैन स्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष सुतिस दुगड, एमपिएल–९ का अध्यक्ष अभिषेक केडिया र खेल सम्योजक हेमन्त अग्रवालले पुरस्कार तथा ट्रफि वितरण गरे ।

फागुन ११ गतेदेखि शु भएको प्रतियोगिता लीगकम नकआउटको आधारमा खेलाएको थियो ।

मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टाइकर्स, प्रिमियर–११, हुलास–११,पर्शुराम वारियर्स र सिएसवि–११ सहभागि रहेका थिए । विजेताले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर