AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रिमियर,हुलास र म्याजिकलाई विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगितामा सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७८, शुक्रबार १७:३७
180
Shares
पुष्पराज थपलिया
विराटनगर /प्रिमियर–११, हुलास–११ र म्याजिक स्ट्राइकर्सले विराटनगरमा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा सफता हात पारेका छन् ।

नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा भएको पहिलो खेलमा प्रिमियर–११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै प्रिमियरले लिगको चारै खेलमा जित हासिल गरेको छ ।

टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८४ रनको स्कोर खडा गरेको थियो । जस्मा कुलदिप गौरले १४ रन बनाउँदा खेम शर्माले १३ रनको योगदान दिए । प्रिमियरका वेदान्त जाजुले २ विकेट लिँदा जयस पेरिवाल र रिषी महेश्वरीले २–२ विकेट लिए ।

जवाफ ८५ रनको लक्ष्य पछ्याएको प्रिमियरले ६ दशमलवमा २ बलमा १ विकेट गुमाई सो लक्ष्य पार गरेको जियो । जस्मा म्यान अफ द म्याच हरिष बाहेतीले अविजित ४१ रन बनाउँदा नितेस लोहियाले अविजित ४० रनको योगदान दिए । पर्शुरामका खेम शर्माले २ विकेट विकेट लिए ।

दोस्रो खेलमा हुलास–११ ले सिएसवि– ११ लाई ६ विकेटले पाराजित गरेको छ । जित पछि हुलास फाइनलमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ भने सिएसविले लिगको सवै खेलमा पराजित भए पछि प्रतियोगितबाटै बाहिरेको छ ।

शनिबारको अन्तिम लिगमा हुलासले म्याजिक स्ट्राइकरर्सलाई पराजित गरे दिउँसो हुने फाइनल खेलमा प्रिमियर–११ सँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको सिएसविले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६० रन बनायो । जस्मा राहुल सोनीले २७ बनाउँदा विकास सोनीले १८ रनको योगदान दिए । हुलासका मनिष कोठारीले २ विकेट लिए ।

जवाफमा ६१ रनको सामान्य लक्ष्य पाएको हुलासले ४ दशमलव ५ बलमा ४ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच सुभम लुनियाले अविजित २० रन बनाउँदा पवन पारखले १४ रन बनाए । सिएसविका सयस सोनीले २ विकेट लिए ।

तेस्रो खेलमा म्याजिक स्ट्राइकर्सले पर्शुरामलाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको म्याजिकले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ९७ रनको स्कोर खडा गरेको छ । जस्मा म्यान अफ द म्याच अनिष अग्रवालले ५२ रन जोड्दा सुभम तोदीले १९ रनको योगदान दिए । पर्शुरामका ललित शर्माले सर्वाधिक २ विकेट लिए ।

जवाफ ९८ रनको लक्ष्य पछ्याएको पर्शुरामले निर्धारित ओभरमा ५ विकेट गुमाई ९३ रन मात्र जोड्न सक्यो । जस्मा विक्की शर्माले ४२ रन बनाउँदा इशान शर्माले १४ रनको योगदान दिए । म्याजिकका मुकुन्द अग्रवालले सर्वाधिक ३ विकेट लिए ।

शनिबार विहान लिगको अन्तिम खेल हुलास र म्याजिक स्ट्राइकरर्सलाई विच हुने र दिउँसो फाक्ष्नल खेल हुने सम्योजक हेमन्त अग्रवालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर