AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘सिक्कीम नेवा गुठी’लाई दुई लाखको पुरस्कारसहित‘सुदर्शन– कपिला सिरपा’द्वारा सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७८, बुधबार १७:५९
198
Shares
विराटनगर / नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्कीम नेवा गठी’ गान्तोकलाई यस वर्षको दुई लाखको ‘सुदर्शन– कपिला सिरपा’द्वारा सम्मान गर्ने भएको छ ।

झी पुचः( नेपाल भाषा तथा सांस्कृति सङ्घ ) विराटनगरद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपाल भाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्कीमका सबै जिल्ला महत्वपूर्ण योगदान पु¥याएकोले यही फागुन १३ गते सम्मान गर्न लागिएको जानकारी दिइएको छ ।

गुठीको योगदानका कारण सिक्कीममा इन्द्रजात्राका दिन सार्वजनिक विदा, नेपाल भाषालाई एच्छिक विषयका रुपमा अध्यापन गर्ने,न्हू दयाँ( नयाँ बर्ष),गाईजात्रा,बेल विवाह, ब्रतबन्ध लाखेनाच जस्ता सांस्कतिकलगायतका कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आइरहेको जानकारी दिइयो ।

सिरपा ट्रष्टका दाता एवं संरक्षण सुर्दशन र कपिला श्रेष्ठले २० लाखको अक्षय कोष स्थापना गरि प्रदेशमा दुई बर्षमा नेपाल भाषा र सस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरि दिने व्यवस्था गरिएको झीपुचका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।

पुरस्कारको राशि प्रत्येक दशमा बर्ष ५० थप गर्ने व्यवस्था गरिएको महासचिव सुरेशलाल श्रेष्ठले बताए । संस्थाका सन्देशदास श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले गुठीलाई उक्त पुरस्कार प्रदानबाट दुई राष्ट्रवीच सम्वन्ध सुदृढ हुनका साथ विराटनगरको पहिचान स्थापित हुने बताए ।

यसअघि उक्त पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । झी पुचःको पहल एवं विराटनगर महानगरको सहमतीमा न्यूरो मार्गलाई ‘संखधर साख्वा’ नामकारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर