AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७८, बुधबार ११:०१
171
Shares
काठमाण्डौ /वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो ।

मध्यपुरथिमी नगरपालिका वडा नं.१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए । त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए ।

लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए । ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर