AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुराउने– मन्त्री यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७८, शनिबार १८:३०
180
Shares
विराटनगर / स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुराउने कार्यलाई प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले चुनौति र अवसरको रुपमा लिएको बताएका छन् ।

आज विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले प्रक्रिया पुराएर समिति अघि बढ्नसके सरकारले सामुदायिक स्वास्थ्य अस्पतालको लागि संरचना तयार गर्ने प्रतिवद्धता जाहेर गरे।

कार्यक्रममा प्रजातन्त्र दिवसको सन्दर्भलाई जोड्दै मन्त्री यादवले पूर्व राजा पृथ्वीनारायण शाहले दिएको नारा चार जात छत्तीस वर्णलाई पुरा गर्ने अभिभारा जनतामा आएको बताए । उनले भने, ‘पूर्व राजाले उठाएका सान्दर्भिक भनाईलाई पुरा गर्ने जिम्मेवारी हाम्रो हो । जनप्रतिनीधि र जनताको जिम्मेवारी अब चार जात छत्तीस वर्णको फुलवारी बनाउने हो।’ राजनीतिक दल वा सामाजिक कार्यबाट हिमाल तराई , मधेश, र पहाड क्षेत्रमा बसोबास गर्ने नेपालीलाई एउटै मालामा गाँसेर राष्ट्रलाई सम्मुन्न्त बनाउनुपर्नेमा मन्त्री यादवले जोड दिए ।

कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले समाजले गर्दै आएको गतिवीधिको प्रशंसा गरेका थिए । कोभिड १९ को पहिलो चरणबाट समाजले घर घरमा विरामी उपचार, सेनेटाइजरदेखि अक्सिजन पुराउने कार्य गरेका स्मरण गर्दै मेयर पराजुलीले समाजको कार्यशैली र युवाको समिश्रणले पृथक र प्रभावकारी भूमिका खेलेको बताए ।

मेयर पराजुलीले समितिमा महिलाको उपस्थितीलाई सकारात्मक रुपमा लिएको बताए । उनले भने, ‘समाज समितिमा पुरुष र युवा भन्दापनि महिलाको सक्रियको म ठूलो प्रशंसक रहेको छु । यहाँहरुले जन्मदेखि मृत्यु र साह्रो गाह्रोको अवस्थामा समेत सर्वसाधारणलाई रातविरात सहयोग पुराउनु भएको छ । सेवामा आफूलाई समाहित गर्नु भएको छ। सहयोगी कार्यका लागि यो भन्दा अरु सन्तुष्टि के नै होला ।’

कार्यक्रममा समितिले विभिन्न क्षेत्रका ७ जनालाई सम्मान गरेको छ । समाजले स्वास्थ्य क्षेत्रबाट विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालक एवं वरिष्ठ न्यूरो सर्जन डा. वीरेन्द्रकुमार विष्ट, साहित्य क्षेत्रबाट वरिष्ठ साहित्यकार मधु पोखरेल, वरिष्ठ नागरिकतर्फबाट पंडित हरिप्रसाद निरौला, शिक्षा क्षेत्रबाट धुतर मण्डल, समाजिक क्षेत्रबाट लिलानाथ ढुंगेल, कलाकारिताबाट भानु कला केन्द्रकी संस्थापक अध्यक्ष माया पौडेल र पत्रकारिता क्षेत्रबाट अभयकुमार राईलाई सम्मान गरेको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष डीगेन्द्र राउतले तिनटोलिया समाजले सदैव समाजका लागि कार्य गर्ने प्रतिवद्धता जाहेर गरे । समितिको आर्थिक पाटो पारदर्शी रहेको बताउँदै उनले आउँने दिनमा समितिको भवन बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनेमा जोड दिए । स्थानीय सरकार, नीजि क्षेत्रका ब्यक्तित्वबाट सहयोग जुटाउदै अघि बढेको समाजले जनताको पीरमर्का नै पहिलो प्राथमिकतामा राख्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर