AArya
RUMPUM
animated ellipse animated ellipse

ठुलो परिमाणको गाँजा सहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७८, शुक्रबार १३:१४
216
Shares
उदयपुर / उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले ४ सय केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षी मनिष धामी रहेका छन् । उनीहरुलाई को१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद त्रिसठ्ठी हजार पचिस रुपैँयासमेत बरामद गरेको छ । गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर