AArya
RUMPUM
animated ellipse animated ellipse

एमसिसीको विरोध गर्ने सरकार र गठबन्धनबमा नबसेकै राम्रो –डा. भट्टराई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७८, बुधबार १६:३८
225
Shares
काठमाण्डौ / एमसिसीको विरोध गर्नेहरुलाई सरकार र गठबन्धनबाट बाहिरिन सत्तारुढ घटक जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सुझाइ दिएका छन् ।

एमसिसीको पक्षमा लगातार बोल्दै आएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सत्ता गठबन्धनभित्रै एकमत हुन नसकेका बेला यस्तो अभिव्यक्ति दिएका हुन् । गएराति सामजिक सञ्जालमा लेख्दै भट्टराईले एमसिसीका समर्थक र विरोधीहरु एउटै गठबन्धन वा सरकारमा बस्न नमिल्ने उल्लेख गरेका छन् ।

‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन’, भट्टराईले लेखेका छन्, ‘भेडा भेडासँग,बाख्रा बाख्रासँग हुनु राम्रो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर