RUMPUM
animated ellipse animated ellipse

शिवरात्रीको अवसरमा मन्दिर उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार १९:०२
3
Shares
गोपाल काफ्ले
पथरी, १३ फागुन / मोरङको पथरीशनिश्चरे ५ मा रहेको जलेश्वर शिवालय मन्दिरको आज शिवरात्रीको दिन पारेर उद्घघाटन गरियो ।
नेपाली कांग्रेसका युवा नेता केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमा बृद बृदा र सहयोगी दातालाई सम्मान तथा दोसल्लाह ओडाएर सम्मान गरीएको थियो ।
रिवन काटेर मन्दिरको उद्घघाटन गर्दै युवा नेता कार्कीले “मन्दिर भनेको संस्कार, कानुन र मार्ग दशन हो त्यसैले तपाईहरुको योग्दानले आम जनमानसमा सकर्रात्मक सन्देश छर्ने बताए । उनले यो तपाईहरुको हौसलाले मन्दिर संरक्षणा आफुले सक्ने सहयोग आफ्नो तर्फबाट गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
२०७० सालमा उक्त मन्दिर भएको स्थानमा सालको रुख काट्दा रगत बगेको र उक्त मन्दिर आसपासमा देवी देवताहरु आएर बस्ने र मानिसहरुलाई बिउझाउने गरेकाले देविथान स्थापना गरि मन्दिर निर्माण गरेको अध्यक्ष चुणा कर्ण तुम्वाफोले बताए ।
मन्दिर निर्माणमा स्थानीय हरिमाया कुईकेलले १ कठ्ठा जग्गा दिई स्थानियको सहयोग र श्रमदानबाट मन्दिर स्थापना गरिएको कार्यक्रम सचिव केदार बोहोराले जानकारी दिए ।
मन्दिरमा चन्द्र प्रसाद ढङ्गानाले शिवलिङ्ग नरिता पाण्डेले गणेशको मुर्ती र स्थानियको सहयोगमा २ लाख ८९ हजार ७ सय ६५ सहयोग गरिएको थियो भने ।
मन्दिर निर्माणमा २ लाख ६१ हजार २ सय ६५ खर्च गरि २८ हजार ५ सय नगद कोषमा रहेको सचिवले जानकारी दिए ।
मन्दिर उद्घघाटनमा नेताद्घय गोपाल सेडाई,आशिस कार्की, बद्रि निरौला, दिवश राजबंशी,गणेश खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर