AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षा स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७८, बिहीबार १७:०६
243
Shares
विराटनगर /​​​​​​​विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

विश्वविद्यालयको जारी गरेको सूचनामा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी तथा प्राध्यापकसमेत कोरोना भाइरसबाट सङ्क्रमित भएको भन्दै परीक्षा अनिश्चित समयका लागि स्थगित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर