AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रथम भएकी एम्स कलेजकी प्रेक्षालाई कलेज गर्यो सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७८, बिहीबार १६:४३
180
Shares
विराटनगर/विराटनगर –९ मा अवस्थित एम्स कलेजमा बिएचएम. अध्ययनरत विद्यार्थी प्रेक्षा पौडेल विश्वविद्यालयले प्रकाशित गरेको बिएचएम प्रथम समेष्टरको परीक्षाफलमा ३.७६ जि.पि.ए. प्राप्त गरि प्रदेश १ भरिमा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

उक्त सेमेष्टरमा अध्ययनरत कुल विद्यार्थी संख्याको ८०% विद्यार्थीले ३ जिपिए भन्दा माथी अंक प्राप्त गरि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन कलेज सफल भएको छ ।

कार्यक्रममा बोल्दै विद्यार्थी प्रेक्षाले भनिन्, “ विद्यार्थीको मेहनेत त आवश्यक छ नै तर कलेजले खेलेको भुमिका र व्यवश्थापन बढि महत्वपुर्ण हुन्छ । सफलताका लागि शिक्षक र कलेजको वातावरणको झन ठुलो भुमिका हुन्छ र त्यो सबै मैले एम्समा पाएँ ।”एम्स एक यस्तो कलेज हो जहाँ पढाइलाई भन्दा सिकाईलाई बढि जोड दिइन्छ ।

विद्यार्थीले रियल सिकाई यहाँ गर्छन् , क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । कलेजका प्रबन्ध निर्देशक टीकाराम पुरीले भने “एम्सले समय सापेक्ष आफुलाई परिस्कृत र परिवर्तित गर्दै लाग्नेछ । विद्यार्थी र समयको माग अनुसार सिप , सँस्कार र प्रविधियुक्त गरिखाने शिक्षाका लागि सदैव तत्पर रहने निर्देशक पुरीले बताए ।

कलेजले आज एक कार्यक्रम गरिे पौडेललाई कलेजका प्रबन्ध निर्देशक पुरी, क्याम्पस प्रमुख बस्नेत र बिएचएम. संयोजक सुरेन्द्र मण्डलले खादा, अबिर, प्रमाण पत्र र नगद समेत हस्तान्तरण गरि सम्मान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर