AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भरुवा बन्दुकसहित एक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०७८, शुक्रबार १७:४२
171
Shares
विराटनगर / प्रहरीले मोरङको लेटाङ नगरपालिका ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० बर्षीय ईन्द्रबहादुर राई रहेका छन् ।

आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङमा ल्याएर थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर