पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १६४, बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१ मा स.क्रमण पुष्टि भएको छ ।
उता झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।