AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान क्रिकेटको फाइनलमा कोशी क्याम्पस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७८, बिहीबार १५:५३
1.06k
Shares
कोशी क्याम्पसविरुद्ध ब्याटिङ गदै शिक्षादिपका खेलाडि । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको अन्तिम सेमिफाइनल विजयी हुँदै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको छ । कोशीले शुक्रबार हुने फाइनलमा अरनिको कलेजसँग प्रतिस्पर्धा गर्ने छ ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज विहिबार भएको खेलमा शिक्षादिप कलेजलाई २९ रनले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १३ रनको स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ द म्याच रोहन विकले ५९ रन बनाउँदा नितेश यादवले १९ रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले २ लिँदा रामरिजन यादव र सुरज यादवले १ विकेट लिए ।

जवाफमा १ सय १४ रनको चुनौती पछ्याएको शिक्षादिपले १ड दशमलव ३ बलमा सवै विकेट गुमाई ८४ रनमा सिमित हुन पुग्यो । जस्मा नितेश देवले १९ रन बनाउँदा कृष्ण चौधरीले १७ रन र सोमराज गणेशले १३ रनको योगदान दिए । कोशीका विकाश दास र लअमित रोयले २–२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर