पूर्वाञ्चल खबर
मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा युनाइटेडले नव प्रगतिशिल सेवा समाजलाई २–१ गोलअन्तरमा पराजित गरेको हो । दोस्रो खेलमा उर्लाबारीले साइनो स्पोर्टिङ क्लबलाई ४–१ गोलमा पराजित गरेको छ । समूह ‘ख’को ९ अंककका साथ शीर्ष स्थानमा रहेको उर्लाबारी फाइनलमा पुगेको छ ।
आजको पहिलो खेलमा नव प्रगतिशिलका सन्देश राईले ४१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा युनाइटेडका राजीवकुमार खवासले गोल गर्दै खेल बारबरी पारे । पुनः खवासले ६६ औं मिनेटमा गोल गर्दै दोब्बर गोल संख्या बनाए । खेलको म्यान अफ द म्याच युनाइटेडका राजीवकुमार खवास घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका मिनल परियारले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५९ औं मिनेटमा उर्लाबारीका संजय धिमालले गोल थपे । ६९ औं मिनेटमा साइनोका उत्तम शर्माले एक गोल फर्काए । ७० औं मिनेटमा पुनः उर्लाबारीका लागि संजयले गोल गरे । ७३ औं मिनेटमा उर्लाबारीका रुद्र कार्कीले गोल गर्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच उर्लाबारीका रुद्र कार्की भए ।