पूर्वाञ्चल खबर
प्रदेश प्रमुख खापुङ्गलाई मुख्य न्याधाधिवक्ता भोजराज श्रेष्ठले उक्त प्रतिवेदन वुझाएका हुन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजित उक्त प्रतिवेदन वुझाइएको छ ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै सङ्घीयता कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको भन्दै यसमा रहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आव २०७७÷७८ मा ४५ बटा मुद्दा दर्ता भएकोमा यस सोही वर्ष ३५ बटा फर्छौट हुनुका साथै आव २०७६–७७ को ४८ सहित ५८ मुद्धा फर्छौैट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।