पूर्वाञ्चल खबर
ब उसले उपाधिका लागि छिमेकी राष्ट्र न्यूजिल्याण्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।
अष्ट्रेलिया बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानको चुनौतिलाई ५ विकेट पन्छाउँदै उपाधि नजिक पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर सो लक्ष भेट्टाएको थियो । उसका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले शादार ब्याटिङ गरे । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।
उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे । त्यसमा पनि निर्णायक १९औं ओभर रह्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए । लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए ।वेड ४१ रन र स्टोइनिस ४० रनमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए । वेडले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
पाकिस्तानका लागि शादाब खानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिँदा शाहीन शाह अफ्रिदीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित पुरै ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले । रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रन बनाउँदा फखरले ३२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ५५ रन जोडे ।
यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिँदा शोएब मलिक १ र आसिफ अली शून्य रनमा आउट भए । मोहम्मद हफिज १ रनमा नटआउट रहे ।
अष्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट तथा एडम जम्पा र प्याट कमिन्सले १–१ विकेट लिए । पाकिस्तान समूह २ को विजेता र अष्ट्रेलिया समुह १ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान सेमिफाइनलमा हार बेहोर्दै बाहिरिएको छ ।