पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहवीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।