पूर्वाञ्चल खबर
कलेज परिसरमा आज एक कार्यक्रम आयोजना गरि ८ जना सेमिस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो ।
बिएससी सिएसआइटी पहिलो सेमिस्टरका हिमाङसु दाहाल, तेस्रो सेमिस्टरमा अनिस भक्षे जोशी र पाँचौं सेमिस्टरका रामसिस कामतलाई नगदसहित कलेजले सम्मान गरेको छ । यसैगरि बीआइएम तेस्रो सेमिस्टरका कैलाश यादव, पहिलो सेमिस्टरका दिपा साह र पुष्पा साह, बिएचएमको पहिलो सेमिस्टरका दिपेन्द्र अधिकारी, बिबिएस चौथो वर्षका गुन्जन गुप्तालाई कलेजले सम्मान गरेको छ । यसैगरि माइक्रोसप वल्ड च्यापियन हुने अनिस भक्त जोशीलाई पनि कलेजले सम्मान गरेको छ ।
सम्मानित भएका विद्यार्थीहरूलाई कलेजले सेमिस्टरमा लाग्ने २५ प्रतिशत छात्रवृत्ती दिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका निर्देशक भेषराज पोखरेल, शैलेन्द्र सिवाकोटी, संचालहरु ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल, आइटी डिपाटमेन्ट प्रमुख सुमित साह, व्यवस्थापक प्रमुख भुपाल मिश्रालगायतले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।