AArya
RUMPUM
animated ellipse animated ellipse

स्नुकर खेलाडीलाई विजराटनगरमा सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७८, बुधबार १८:२३
531
Shares
विराटनगर / नेपालको प्रतिनिधीत्व गर्दै कतारमा आयोजित ३६ र्औ एसियन स्नुकर च्याम्पियनमा प्रतियोगिताको उकृष्ट टप १६ मा पर्न सफल खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ ।

२०२१ मा जारी ३६ औं एसियन स्नुकर च्याम्पियन प्रतियोेगितको उकृष्ट टप १६ मा पर्न सफल भएका काठमाण्डौ घर भएका अंकितमान श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित श्रेष्ठलाई फस्ट ब्रेक स्नुकर , प्रदेश नम्बर एक विल्डरर्स साथै स्नुकर प्रदेश नम्बर एक समितिलगायत स्कुनर खेलाडीहरुले अभिर र खादा लगाई दिएर सम्मान गरेका थिए ।

पहिलो पटक नेपालको प्रतिनिधीत्व गर्दै विदेशमा गएर स्नुकर प्रतियोगितामा सहभागिता जनाउन पाउदा एकदमै गर्वन्धित महशुस भएको श्रेष्ठले बताए । अन्य धेरै मुलुकका खेलाडीलाई पछि पादै आफु उकृष्ट टप १६ मा पर्न पाउदा नेपालको नाम राख्न पाईयो यसैमा खुशी छु श्रेष्ठले भने ।

सम्मान कार्यक्रममा स्नुकर प्रदेश एक समितिका अध्यक्ष नायरायण श्रेष्ठ , उपाध्यक्ष विजय श्रेष्ठ, सचिव निमेस बस्नेत, कोषध्यक्ष हिमाल भटराई, लगायत विराटनगरका स्नुकर खेलाडीहरुले श्रेष्ठलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर