AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रघुपति जुटमिलमा करेन्ट लागेर श्रमिकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७८, शुक्रबार १८:४९
1.47k
Shares
विराटनगर / विराटनगर – १७ स्थित रघुपति जुट मिल्स भित्र काम गर्ने क्रममा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ ।

विराटनगर १८ खोक्साहाका २८ वर्षिय पप्पु कुमार मण्डलको काम गर्ने क्रममा करेन्ट लागेर शुक्रबार ११ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृतक मण्डलको विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टम गर्न राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । मृतक मण्डल जुटमिलमा ‘लुम’ डिपार्टमा काम गर्दै आएका थिए । उनी काम गरेको एक दशक भएको थियो । मृतकका तीन जना छोराछोरी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर