खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय नेपाल आयल निगम विराटनगरका पूर्वचालक श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई मोरङ प्रहरलिे नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर आइतबार राति करिब साढे १ बजे ट्यांकर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।
राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यादवसहित चोरीमा चार–पाँच जनाको संलग्नता देखिएको छ । तर यादवले विराटनगरको ढाटसम्म ल्याएर अरुले नै ट्याङ्कर जिम्मा लगाइएको र त्यहाँबाट आफूले लिएर गएको बताएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न अरुको नाम खुलाएको छैन ।
चोरी भएको ट्याङ्कार इन्धन ढुवानी व्यवसायी सञ्जय गुप्ताको हो ।