AArya
RUMPUM
animated ellipse animated ellipse

हाजी इलेक्ट्रोनिकस ल्याएको वाटर प्युरिफायर किस्तामा उपलब्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ भाद्र २०७८, सोमबार १८:०५
1.77k
Shares
विराटनगर / हाजी इलेक्ट्रोनिकस विराटनगरले सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा ल्याएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर हाजी इलेक्ट्रोनिकस सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा ल्याएको हो । हाजीले अब हरेक नेपालीको घरमा शुद्ध पानी भन्ने नाराका साथ बजारमा आएको वाटर प्युरिफायर किस्तामा उपलब्ध गराउँनृ भएको छ । ग्राहकले ५० प्रतिशत पहिलो भुक्तानी र त्यस पश्चात हरेक महिना एक हजार रुपैयाँ तिरेर लिन सकिने गरि यो अफर ल्याइएको हाजी इलेक्ट्रोनिकसका प्रबन्ध निर्देशक खुर्शिद आलमले जानकारी दिए ।

यसको बजार मूल्य २४ हजार राखिएको र डाउन पेमेन्टको मार्फतबाट पैसा तिर्दा समेत कुनै अतिरिक्त शुल्क तिर्न नपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले खरिद गरे पश्चात अन्य ब्यक्ती लाई रिफर गरेमा हरेक रिफरल मा ५ सयको छुट प्राप्त हुनेछ भने एक बर्षको सम्पुर्ण पाट्र्सको वारेन्टी रहेको उक्त प्युरिफायरको दोस्रो बर्षदेखि बार्षिक २५ सय अतिरिक्त शुल्क तिर्दा कम्पनिले जति पटक बिग्रे पनि बनाइ दिने नौलो सुबिधा प्रदान गरेको छ ।

खरिद तथा बिक्री पूर्ण रुपमा एप्स तथा वेबसाइटको माध्यमबाट गर्न सकिने हुँदा ग्राहकले बिना झन्झट चौबीसै घन्टा सुबिधा प्राप्त गर्न सक्ने छन् । वेबसाईट samypurifier.com सेमि मोबाइल एप्स मार्फत तथा विराटनगरको मेन रोडमा रहेको सद्धार्थ बैंकसँगै रहेको हाजी इलेक्ट्रोनिकसमा गएर समेत यो सुबिधा प्राप्त गर्न सकिने आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर