पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका १ का २० बर्षीय सुवास न्यौपाने र विर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् ।
उनीहरुलाई आज दिउँसो विर्तामोड–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भए सगै आवश्यक अनुसन्धानको लागी मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान झापा प्रहरलिे जनाएको छ ।