AArya
RUMPUM
animated ellipse animated ellipse

भानुजयन्तीका अवसरमा बहुभाषी कवि गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७८, मंगलवार १७:२४
3
Shares
विराटनगर / आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कवि गोष्ठी आयोजना गरेको छ ।

विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए ।

कार्यक्रममा राधिका गुरागाईं, सरिता तुलाधर, भरत गुरागाईं, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, भवानीप्रसाद पोखरेल, लक्ष्मी रायमाझी, ममता मृदुल, रोहिणी रसिक, कविता केशरी, अम्विका उप्रेती खरेल, शोभा लामा बल, सुजाता राईलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

अग्रज साहित्यकार मधु पोखरेलको प्रमुख आथित्थ्यमा भएको कार्यक्रममा अग्रज पत्रकार एवं लेखक रामरिझन यादव, साहित्यकार हरिप्रसाद बराल, देवी पन्थी, संस्थाकी अध्यक्ष माया पौडेल आशावादी, सहसचिव प्रचण्ड पौडेललगायतले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानको चर्चा गरे ।

भानु कला केन्द्रले भानुजयन्तीका अवसरमा हरेक वर्ष बहुभाषी कविगोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर