पूर्वाञ्चल खबर
माओवादी केन्द्रले आयोजना गरेको धान दिवसमा प्रदेश र जिल्ला र नगर तहका नेता कार्यकताहरूको उपस्थिती रहेको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा धान दिवस मनाएको हो ।
धान दिवस कार्यक्रममा बोल्दै माओवादी केन्द्र प्रदेश १ सदस्य भोगेन्द्र यादवले ८० प्रतिशत कृषक आत्मनिर्भर भएमात्र देश समृद्धितर्फ अगाडी बढने बताए । राज्यले अहिले पनि कृषकलाई प्रयाप्त मात्रमा बजेट बिनायोजन गर्न नसकेको उनले बताए । राज्यले कृषिमा आधुनिकरण गर्दै अगाडी बढाउनुपर्ने बताए ।