AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बैंकको एटिएम फोड्ने दुई पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७८, सोमबार १५:२७
1.08k
Shares
विराटनगर/ एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ बुढिगंगा गाउँपालिका – २ टंकिसिनवारी स्थित सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका – ९ का २४ वर्षिय मो. ईम्तियाज र सोही ठाउँका २५ वर्षिय मो. अनिष हुसेन रहेको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । उनीहरूले आज विहान २ ः४० बजे एटिएम बिभिन्न हाते औजार फलामको हतौडा, छिनो, पेच कसको सहायताले तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरूले एटिएमको पैसाँ भने लुटन पाएनन् ।

‘तोडफोड गर्दै गरेको जानकारी पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । प्रहरीको सक्रियताको कारणले एटिएमको पैसाँ लुटन भने पाएनन,’ डिएसपी मुकारूङले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर