खबर पूर्वाञ्चल
संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा दाहालले अहिले कसैलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताए । ‘शेरबहादुरजीको दायाँबायाँ माधवजी र म छौं । हामीले नै देउवाजीलाई तपाईं उभिन पर्यो भनेको यो पटकलाई । यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन । हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन । यो पटक हामी कोही पनि प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने हैन’ उनले भने, ‘संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको छ ।
देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको देखियो । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्ने देखियो नत्र बर्बाद हुन्छ भन्ने चिन्ताको साथ लागिराखेका छौं ।’मुद्दामा आधारित भएर गठबन्धन बनेको भन्दै दाहालले लामो समयसम्म अघि बढ्ने दाबी गरे । ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनाएको हो । कुनै स्वार्थवस् हैन ।
अब यो संविधान कसैले दायाँबायाँ बनाउन सक्दैन भन्ने परिस्थिति बनाउने हो,’ उनले भने । सर्वाेच्च अदालतले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको दाहालको भनाइ छ ।