पूर्वाञ्चल खबर
सोही अवधिमा प्रदेश १ मा ३८३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा२–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३,धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी,ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा७, रामधुनी र स्थानीयतहनखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २, झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८,शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमलगाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा २, चुलाचुली र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिम र स्थानीयतहनखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा२, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ माआज १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २०१ म्हिलार १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा प्रदेश १ मा १७ जना संक्रमितको मत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकको संख्या ११४७ पुगेको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ७ जना संक्रमितको मृत्यु भएको छ भने पाँचथरका ६ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङका २ जना, प्रदेश १ बाहिर र झापाका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।