पूर्वाञ्चल खबर
सुनसरीको ईटहरी ७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङको कानेपोखरी ७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी, मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का २५ वर्षीय प्रकाश लिम्बु र २० वर्षीय बिमल तामाङलाई प्रहरलिे पक्राउ गरेको हो ।
प्रहरी चौकी झपडतलबाट खटिएको टोलीले दक्षिणबाट आउँदै गरेको तीनै जना चौधरी सवार प्र–१–०२–०४५प ३९७३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा १४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।
यस्तै, प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी लिम्बु र तामाङको साथबाट डाइजेल्याब १०, फेनारगन १०, र ट्रमोल २०० ट्याब्लेट बरामद गरेको छ ।
पाँचै जनालाई इलाका प्रहरी रंगेलीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको मोरङ प्हरलिेले जनाएको छ ।