AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजद्वारा तीन संस्थालाई खाद्यन्न सामाग्री हस्तान्त्रण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७८, मंगलवार १६:०६
1.71k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर ७ मा रहेको मेरिल्याण्ड कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

आज कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजले लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले भोकालाई खाना खुवाउँने हाम्रो अभियानलाई १५ केजीको चामल २५ बोरा, विराटनगर दक्षिणी भेगमा रहेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको विराटनगर– १७ मा रहेको युथ युनिटी अफ नेपाललाई १५ केजीको चामल १५ बोरा, विराटनगरका विभिन्न स्थानमा रहेका विपन्न वर्गलाई राहत वितरण गर्दै आएको परिवर्तका लागि हातेमाले संस्थालाई १५ केजीको चामल १५ बोरा र स्थानिय ५ मजदुर परिवारलाई ५ बोरा चामल वितरण वितरण गरिएको कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिए ।

उनीहरु सवैलाई कलेजका निर्देशकहरु नन्द किशोर अग्रवाल र प्रदिप भगतलगायत कलेजका विद्यार्थीहरुले वितरण गरे ।

हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर