पूर्वाञ्चल खबर
भण्डारीले आज विहान पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् । महासंघले स्थापना गरेको कोषमा सहयोग हस्तान्तरण गर्दै महासंघका सदस्यहरुलाई पत्रकार भण्डारीले आग्रह समेत गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार शंकर खरेल, महेन्द्र विष्ट, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभय राईको उपस्थिति रहेको थियो ।
कोरोना उपचार कोषमा हालसम्म करिव साढे ३ लाख रकम जम्मा भईसकेको कोषाध्यक्ष राईले जानकारी दिए ।