विराटनगर, फागुन १ / सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहयोगार्थ राउण्ड टेवल नेपालले विराटनगर नम्म्वर ५ ले साङगितिक कार्यक्रमको आयोजना गरेको छ ।
शनिवार भारत कोलकताका जादुगर डेभिडको उपस्थितीमा म्याजिक फ्युट तथा साङगितिक कार्यक्रम गरिएको हो ।
कार्यक्रमबाट संकलन भएको रकम विराटनगर र रंगेलीमा रहेको एक÷एक वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्ने राउण्ड टेवल नेपाल विराटागरका अध्यक्ष सुनिल धनावतले जानकारी दिए ।
कार्यक्रममा भारत कोलकताका चर्चित कलाकारहरुले साङगितिक प्रस्तुती गरेका थिए । बोल्ट लुब्लीकेन्ट्सले स्पन्सर गरेको कार्यक्रममा विराटनगरका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता थियो ।