AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा थप २६०७ जनामा संक्रमण पुष्टि ,२१४१ जना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७८, बिहीबार १७:१४
603
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१४१ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४८४ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६०७ जनाको नतिजा पोजिटिभ आएको हो । ७ हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७६८ र ४ हजार ७७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर