AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेदेखि गर्ने निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ जेष्ठ २०७८, शनिबार १८:१८
360
Shares
काठमाण्डौ / नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्दै भदौ १६ गतेदेखि गर्ने निर्णय गरेको छ ।

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

त्यसको अनुमोदन असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने उनले बताए। यसअघि भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने काङ्ग्रेसको निर्णय थियो ।

कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ । सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए ।

गत फागुनमा बसको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । असार पहिलो सात वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर