खबर पूर्वाञ्चल
लेनदेनका विषयको घटनामा प्रहरी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमणमा संलग्न ५ जनालाई विभिन्न स्थानबाट पक्राउ गरि सार्वजनिक गरेको हो । त्यसमध्ये दुईजनाले धनकुटा प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
उनीहरुले जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका थिए । फरार रहेका २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र २६ वर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हन् भने ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी–४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ का १ अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ । आफूहरू असुरक्षित रहेको भन्दै धरान–१५ का विनोद राई र प्रसन्न लिम्बूले उजुरी दिन गएको बेला आक्रमण प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरी फरार रहेका थिए ।