पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ । यो सँगै ८०९८ जनाको संक्रमितको मृत्यु भएको छ ।