AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्यमा मात्र नभई राजनीतिमा तीव्र रूपमा कोभिड फैलियो : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७८, सोमबार १८:००
576
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिमा तीव्र रूपमा कोभिड फैलिएको बताएका छन् ।

मुख्यमन्त्री राईले आजदेखि श्रु भएको प्रदेश १ को बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनलाई कोभिड १९ को संज्ञा दिएका छन् । ‘राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो, केन्द्रबिन्दु काठमाडौँको धुम्बाराही,’ उनले भने, ‘कोभिड १९ बिस्तारै फैलियो, तर राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, कसैलाई बाँकी राखेन ।’

मुख्यमन्त्री राईले प्रदेश १ पनि दुवैखालका कोभिडबाट प्रभावित भएको समेत बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । बैठकलाई सम्बोधनका क्रममा उनले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक ढिलो बोलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर