पूर्वाञ्चल खबर
म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६ ले विराटनगर –११ का दुई सय जना घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
मनोज साह, टिकामान कार्की, विजय साह , विमल पोखरेल र सरोज श्रेष्ठले भोको पेट वस्नु परेका समस्यामा परेकाहरुलाई दुई दिनको अवधिमा १३ केजी चामल, खानेतेल, नुन, दाल लगायतको खाद्य सामग्री घर–घरमा गै वितरण गरिएको छ ।
निषेधाज्ञाको समयावधि थप भएमा आगामी दिनमा अन्यलाई पनि खाद्यान्न सहयोग गर्ने सामाजिक अभियान्ता मनोज साहले बताए ।
–––